Harsamaya
मोटरसाइकल चोरीमा संलग्न २७ वर्षीय निरोज पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

भक्तपुर - मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट जेठ २ गते दिउसो चोरी भएको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update