Harsamaya
टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै पाकिस्तानका प्रधानमन्त्री शरिफ
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ ।

पाकिस्तान - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले टर्की, इरान, अजरबैजान र ताजिकिस्तान भ्रमण गर्ने भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै  उनी यही मे २५ देखि मे ३० सम्म भ्रमणमा रहने जनाएको छ । शहबाज शरिफले आफ्नो भ्रमणका क्रममा टर्की, इरान, अजरबैजान र ताजिकिस्तानका नेताहरूसँग भेटवार्ता विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतसँग सैन्य द्वन्द्व भएका बेला टर्की र अजरबैजनले खुलेआम पाकिस्तानलाई समर्थन गरेका थिए।

पाकिस्तानको विदेश मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री शरिफले भारतसँग द्वन्द्वको समयमा पाकिस्तानलाई दिएको सहयोगका लागि मित्र राष्ट्रहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि पाउने उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update