Harsamaya
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - आज २०८२ जेठ ११ गते । आज  आइतबारका दिन १२ राशिका जातकहरूको लागि विविध शुभ सङ्केतहरू ल्याउँदै आएको छ। कतै प्रेममा उन्मुक्ति छ, त कतै व्यापारमा लाभ। हेर्नुहोस् तपाईँको राशिले  के भन्छ :-

मेष : काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ने छ ।  मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन् । शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकाङ्क्षी योजना प्रारम्भ हुने समय छ। काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् ।

वृष : पढाई लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य हासिल गर्न सकिने छ ।  रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । 

मिथुन : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकाङ्क्षी योजना सफल होलान्। सुखद समाचारले उत्साह जगाउने छ।  दिगो काम प्रारम्भ गर्ने समय छ। 

कर्कट : रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ। व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। काममा परिवारको सहयोग प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

 सिंह : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

कन्या : आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।  आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।

तुला : पतिपत्नीबिच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। 

वृश्चिक : श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवार बिच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। 

धनु : पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व गर्नुपर्ने हुनसक्छ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्‍याउनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

मकर : मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कुम्भ : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसीयाली छाउनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। 

मीन : नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update