Harsamaya
तनहुँको मादी पुलबाट खस्यो जिप, तीन जनाको मृत्यु
तनहुँको मादी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ ।

तनहुँ - पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मादी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । गए राती भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा पाँच जना सवार थिए । 

मृत्यु हुनेमा व्यास नगरपालिका –५ का ३५ वर्षीय प्रवीण थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update