सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि
बिहीबार, पुस १८, २०८१
चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।
विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
छन्।
पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
बिहीबार, पुस १८, २०८१
जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।
कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ...
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
बिहीबार, पुस १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन् ।
आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताएका हुन् । उनले भने, “विगतमा बर्खा सुरु...
रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेन्डा तय भएका हुन् ।
संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने कोशी सरकारको निर्णय
बिहीबार, पुस १८, २०८१
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको बताएका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिनको उपलब्धि सार्वजनिक गर्न बिहीबार विराटनगरस्थित मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हाङ्गामले कृषि कर्जामा...
सूर्यदर्शन सहकारी ठगी मुद्दा: पहिलो दिनको जाहेरीवालाको बहस सकियो
बिहीबार, पुस १८, २०८१
सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान आज सकिएको छ ।
हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले भोलि पनि जारी रहनेछ ।
आज जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम,...
ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
बिहीबार, पुस १८, २०८१
मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक...
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
बिहीबार, पुस १८, २०८१
पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने उनको सपना साकार हुन सकिरहेको थिएन।
‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’ उनले भनिन्, ‘आफ्नै घरदैलोमा पैसा...
विमानस्थलमा यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
बिहीबार, पुस १८, २०८१
परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण
बिहीबार, पुस १८, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
मन्त्री डा राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन ।
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
बिहीबार, पुस १८, २०८१
कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि...
रविसहितलाई प्रतिवादी बनाएर काठमाडौँ प्रहरीले बुझायो प्रतिवेदन
बिहीबार, पुस १८, २०८१
कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतका विरुद्धमा अदालतमा बहस चलिरहँदा काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढ्ने भएको छ ।
कालिमाटी, काठमाडौंस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथिको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।
बालगायक सचिन परियारको दुःखद निधन
बिहीबार, पुस १८, २०८१
चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
१५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया...
साताको लोकप्रिय

