काठमाडौं - शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गर्न थालिएको छ ।
काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो ।
विद्यार्थीलाई घरमै बसेर सम्पूर्ण शैक्षिक जानकारी उपलब्ध गराउने उद्देश्यसहित विकसित भाषिका सफ्टवेयरमा एआई काउन्सिलिङ सिस्टमको विकास गरिएकाले यो नेपालका लागि नौलो र पहिलो भएको कन्सल्टेन्सीका संचालक इश्वरी निरौलाको दाबी छ ।
‘सुरुमा हामीले डिजिटलमार्फत भाषा पढाउने सोच बनाएका हौं । विस्तारै आइएलटिएस तयारी कक्षा साथै विदेशका विश्वविद्यालयबारे इन्फरमेशन दिनका लागि एआइको प्रयोग गर्न सुरु गरेका हौं । विशेषगरी ग्रामीण क्षेत्रमा रहेका युवाहरुलाई लक्षित गरेर मोबाइलकै सहायतामा सेवा दिइरहेका छौं । हामीले नेपालमै सफ्टवेयरको विकास गरेर यस्तो सेवा सुरु गर्दा धेरैले आश्चर्य मानेका छन्,’ निरौलाले भने ।