Harsamaya
एक हजार नौं सय रुपैयाँले बढ्यो सुन
प्रतिकात्म तस्वीर: हर समय/Har Samay

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update