खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

काठमाडौं - खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१:१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रो पटक थप गरेको छ ।
कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।
पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
यस हकप्रदका लागि असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म कायम सेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, कुमारी बैंकका तोकिएका शाखाहरू र ‘मेरो सेयर’ प्रणालीबाट दिन सकिनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२ ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय