डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार
शुक्रबार, असार ६, २०८२
उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ । उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ ।
द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक
बिहीबार, असार ५, २०८२
‘सीमावर्ती शहर मेघरी इरानबाट भागेर आश्रय खोज्नेहरूले भरिएको बताइएको छ । जसलाई अझै शरणार्थी स्थिति प्रदान गरिएको छैन, स्थानीय होटलहरू अब पूर्ण क्षमतामा भरिएका छन् । इरानको हवाई क्षेत्र बन्द भएपछि, आर्मेनिया इरानीहरूका लागि मात्र होइन, तर द्वन्द्वबाट भागेर घर जाने बाटो खोज्ने विदेशी नागरिकहरूका लागि पनि एक महत्त्वपूर्ण ट्रान्जिट...
इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि
बुधबार, असार ४, २०८२
जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ । यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ ।
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरू इजरायलको मुख्य निशासानामा
बुधबार, असार ४, २०८२
इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो । रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठुलो आगो लागेको देखाएको छ ।
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी
बुधबार, असार ४, २०८२
इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर सादमानीलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।
भारतीय नेता दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
मंगलबार, असार ३, २०८२
डा. दुबेको अनुसार भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहंकारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो।
इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु
मंगलबार, असार ३, २०८२
आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन्।
इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
मंगलबार, असार ३, २०८२
आक्रमण पश्चात् आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्यो
सोमबार, असार २, २०८२
इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् ।
एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब
आइतबार, असार १, २०८२
परिवारहरूले मृत्यु भएका आफन्तको डिएनए पहिचान प्रक्रियाको विवरणहरू पर्खिरहेको बताएका छन् । ‘हाम्रा आफन्तहरू मरेका छन् । यो कसको लापरबाही हो ? को जिम्मेवार छ? एयर इन्डियाले आफ्ना विमानहरू विरुद्ध आएका गुनासोहरूमा ध्यान नदिएकोमा चिन्ता लागेको छ । लन्डन उडानको लागि यो विमान किन रोजियो ? के मानव जीवनको कुनै...
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोन वार्ता
आइतबार, असार १, २०८२
‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व क्षेत्रको लागि अप्रत्याशित परिणाम हुनेछ,’ उशाकोभले एक विज्ञप्तिमा भने । पुटिनले द्वन्द्वलाई बढ्नबाट रोक्नुको महत्त्व र सम्भावित मध्यस्थता प्रयासहरूमा संलग्न हुन रुसी पक्षको तयारीमा जोड दिए, उशाकोभले भने ।
इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा
आइतबार, असार १, २०८२
इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।
साताको लोकप्रिय

