बंगलादेश : बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाका अभिव्यक्ति प्रकाशन/प्रसारण नगर्न देशभरका सञ्चारमाध्यमलाई कडा निर्देशन दिएको छ। बंगलादेश सरकारले राष्ट्रिय सुरक्षा कारण बताउँदै यस्तो निर्देशन गरेको हो ।
राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शेख हसिनालाई अब दोषी र फरार घोषणा गरिएको बताएको छ। विज्ञप्तिअनुसार, उनको अभिव्यक्तिले हिंसा भड्काउन, अशान्ति फैलाउन र देशमा सामाजिक सद्भाव बिगार्न सक्छ।
उता अन्तरिम सरकारले अब हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई देश फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने भएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा पेस गर्ने बताएका छन्।

