ब्राजिल - ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो भने आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।
बीबीसीका अनुसार १३ जना धुवाँको असरका कारण बिरामी परेका छन् भेउनीहरुकी उपचार भइरहेको छ । आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो ।
आयोजकले भनेको छ, ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’
आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

