Harsamaya
 बंगलादेशमा प्रहरीको वर्दी फेरियो,  जनविश्वास पर्कने आशा
बंगलादेश प्रहरी नयाँ वर्दीमा ।

एजेन्सी - सामूहिक विद्रोहपछिको पहिलो राष्ट्रिय चुनाव केही हप्तामै नजिकिँदै गर्दा बङ्गलादेश प्रहरीले गहिरो रूपमा क्षतिग्रस्त भइसकेको जनविश्वास पुनर्निर्माण गर्ने आशामा नयाँ वर्दी अनावरण गर्दै सुधारको संकेत दिएको छ । 

सन् २०२४ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको निरङ्कुश सरकार पतन भएपछि उत्पन्न उथलपुथलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । तीमध्ये धेरैजना पुलिसको गोलीले ज्यान गुमाएका थिए ।

‘बङ्गलादेश प्रहरीले अभूतपूर्व संकटको सामना गरिरहेको छ’, प्रहरी प्रवक्ता सहादत हुसेनले भने, ‘नयाँ वर्दीले केही सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने नीति निर्माताहरूले सुझाव दिनुभयो ।’ लामो समयदेखि फिरोजा र निलो रङमा परिचित वर्दी अहिले फलाम–खैरो सर्ट र चकलेट–खैरो ट्राउजरमा रूपान्तरित गरिएको छ ।

तर बिग्रिएको प्रतिष्ठालाई केवल वर्दीले सुधार्न सकिन्छ कि सकिँदैन भन्नेबारे धेरैमा गहिरो शंका रहिरहेकै छ । 

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा चुनाव हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा सुरक्षा निकाय शान्तिपूर्ण चुनाव सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण साबित हुनेछन् । तर देशको सुरक्षा संयन्त्र अझै स्थिर हुन नसकेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update