एमालेको ११औँ महाधिवेशनमा आठ करोड खर्च
आइतबार, पुस २७, २०८२
शनिबार सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकमा एमालेले खर्च विवरण सार्वजनिक गरिएको हो। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले ११औँ राष्ट्रिय महाधिवेशनमा करिब रु आठ करोड खर्च भएको बताए ।
लोकतन्त्र अझै संकटमा छ प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि मात्रै निर्वाचन : केपी ओली
शनिबार, पुस २६, २०८२
हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै त्यसको मूल उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधान असफल बनाउने रहेको दाबी गरे ।
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
शनिबार, पुस २६, २०८२
गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो ।
राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार
बुधबार, पुस २३, २०८२
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा बाँकी
बुधबार, पुस २३, २०८२
एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस
शनिबार, पुस १९, २०८२
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहे पनि टुंगो लागेको छैन ।
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
सोमबार, पुस १४, २०८२
एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।
एमाले सचिवालय बैठकः सोमबार समानुपातिकको बन्दसूची बुझाउने निर्णय
आइतबार, पुस १३, २०८२
बैठकले निर्वाचनलाई लक्षित गरी पार्टीका तल्लो तहका कमिटीहरूलाई सक्रिय बनाउने र हरेक बुथमा 'राष्ट्रिय स्वयंसेवक संघ'लाई परिचालन गर्ने निर्णय समेत गरेको छ। एमालेले संसदको पुनर्स्थापना र लोकतान्त्रिक विधि पद्धतिको रक्षाका लागि आफ्नो अडान कायमै राखेको समेत भट्टले स्पष्ट पारे।
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
आइतबार, पुस १३, २०८२
यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन समेत टुङ्ग्याउनेछ ।
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ
बिहीबार, पुस १०, २०८२
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेटमा बस्ने
शुक्रबार, पुस ४, २०८२
११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने
बिहीबार, पुस ३, २०८२
आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने
शनिबार, मंसिर २७, २०८२
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
साताको लोकप्रिय

