Harsamaya
रास्वपाले एमालेको झण्डा जलाएकोप्रति आपत्ति
नेकपा एङ्गालेको केन्द्रीय कार्यालय ।

काठमाडौं - नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङको तुल्सीपुरमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसहित भएको उक्त घटना आपत्तिजनक रहेको बताएका छन्।

एमालेले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update