Harsamaya
ओली निवासमा बसेको बैठकले टुंग्यायो एमालेका १६ समानुपातिक सांसद [नामसहित]
एमालेको सचिवालय बैठक ।

काठमाडौं - केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्ना १६ सांसदको नाम अन्ततः टुंगो लगाएको छ।

शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निजी निवासमा बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सूचीबाट संसदमा पठाइने नामहरू अनुमोदन गरेको हो । बैठकपछि पार्टी सचिव महेश बस्नेतले निर्णयबारे जानकारी दिएका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो। समानुपातिकतर्फ भने करिब १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो। यही मतको आधारमा निर्वाचन आयोगले गरेको सिट बाँडफाँटमा एमालेको भागमा १६ सिट परेको हो।

समानुपातिक सांसद चयनका लागि पछिल्लो समय पार्टीभित्र विभिन्न समूह, क्षेत्र र समुदायको प्रतिनिधित्वलाई लिएर छलफल चलिरहेको थियो। अन्ततः सचिवालय बैठकले समावेशी सन्तुलन मिलाउने प्रयास गर्दै नामहरू टुंगो लगाएको नेताहरूले बताएका छन्।

यस निर्णयसँगै एमालेले प्रतिनिधिसभामा आफ्नो कुल उपस्थिति थप स्पष्ट बनाएको छ भने अब ती नामहरू औपचारिक रूपमा निर्वाचन आयोगमा पठाइने तयारी गरिएको छ।

यी हुन् समानुपातिक सांसदहरू

महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update