Harsamaya
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ?

काठमाडौं - नेकपा एमालेले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुङ्गो लगाएको हो ।

आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसै गरी, यशोदा कुमारी बराल, टुक भद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् ।

त्यसै गरी, थारु कलस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया वि.के. र निता घतानी रहेका छन् । यसै गरी, मधेसीतर्फ रिङ्ला यादव, यशोदा कुमारी यादव, चन्द्रेश्वर मण्डल र मुस्लिमतर्फबाट एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update