एमालेको ११औँ महाधिवेशनमा आठ करोड खर्च
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा करिब आठ करोड खर्च भएको छ।
शनिबार सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकमा एमालेले खर्च विवरण सार्वजनिक गरिएको हो। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले ११औँ राष्ट्रिय महाधिवेशनमा करिब रु आठ करोड खर्च भएको बताए ।
यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए ।बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख शाहीले बताए ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

