एमालेले भन्यो - कुनै दलसँग गठबन्धन गरेको छैन
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।
एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने संकल्पका साथ चुनावी अभियानमा होमिएको बताए ।
नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।’
प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२ १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

