चितुवाको छालासहित एक जना पक्राउ
शनिबार, माघ ५, २०८१
कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको जनाएको छ।
सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ
शनिबार, माघ ५, २०८१
कञ्चनपुरमा सुकुटी सेन्टर संञ्चालन गरेर बसेकी शान्ती ऐरलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।
दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले सञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित बरामद भएपछि उनलाई पक्राउ गरिएको हो।
वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ
शुक्रबार, माघ ४, २०८१
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।
दुई जनाको शव फेला
आइतबार, पुस २८, २०८१
देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्।
लागूऔषधसहित पाँच जना पक्राउ
आइतबार, पुस २८, २०८१
देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका-३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ
आइतबार, पुस २८, २०८१
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ
शनिबार, पुस २७, २०८१
श्रीमतीको हत्या आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
शुक्रबार, पुस २६, २०८१
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार ८४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको...
लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
बिहीबार, पुस २५, २०८१
देशका विभिन्न भागबाट लागू औषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो ।
गैडाको खागसहित झापामा एक पक्राउ
बिहीबार, पुस २५, २०८१
लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बुधबार, पुस २४, २०८१
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
सुन गोहोरोसहित दुई जना पक्राउ
सोमबार, पुस २२, २०८१
विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरुद्ध पक्राउ पुर्जी
सोमबार, पुस २२, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।
साताको लोकप्रिय

