Harsamaya
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो।
लागूऔषधसहित रौतहट, बर्दिया र कैलालीबाट पाँच जना पक्राउ
लागूऔषधसहित रौतहट, बर्दिया र कैलालीबाट पाँच जना पक्राउ कैलाली, गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको...
चितुवाको छालासहित एक जना पक्राउ
चितुवाको छालासहित एक जना पक्राउ कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको जनाएको छ।
सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ
सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ कञ्चनपुरमा सुकुटी सेन्टर संञ्चालन गरेर बसेकी शान्ती ऐरलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले सञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित बरामद भएपछि उनलाई  पक्राउ गरिएको हो।
वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ
वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।
दुई जनाको शव फेला
दुई जनाको शव फेला देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्।
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका-३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ
ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ
श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ श्रीमतीको हत्या आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। 
पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार ८४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको...
लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ देशका विभिन्न भागबाट लागू औषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । 
गैडाको खागसहित झापामा एक पक्राउ
गैडाको खागसहित झापामा एक पक्राउ लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ । 
Weather Update