सुर्खेतमा चार जना जुवाडे पक्राउ

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।
सोही नगरपालिका–७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय २५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय