राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा

काठमाडौं - काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै बालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय