Harsamaya
झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । 

कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य विक्रम लिम्बुको ढुंगाले हानी हत्या गरिएको हो । 

सो अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देवेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य विक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।  

यस सबन्धमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update