संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता
बिहीबार, साउन ८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिक
मंगलबार, साउन ६, २०८२
राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र नवमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह
सोमबार, असार ३०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
भानुभक्तको जन्मस्थललाई ऐतिहासिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न सके उनीप्रति सच्चा सम्मान हुने: राष्ट्रपति पौडेल
आइतबार, असार २९, २०८२
भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको उनको भनाई छ ।
लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति (भिडियोसहित)
सोमबार, असार २३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’ (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल
बुधबार, असार १८, २०८२
प्रदेशको प्रमुख मात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबिचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाई थियो । ‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबिच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ,’ राष्ट्रपति पौडेलले भने ।
कृषि क्षेत्रको विकासका कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्छ : राष्ट्रपति पौडेल
मंगलबार, असार १०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि बजारीकरण र कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल (भिडियो)
बुधबार, असार ४, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।
कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति
आइतबार, असार १, २०८२
उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरूप काम गरे मात्र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताए ।
स्थानीय स्तरमा खेलप्रतिको आकर्षण बढाउनुपर्दछ : राष्ट्रपति पौडेल
बिहीबार, जेठ २९, २०८२
राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको भन्दै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे ।
उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको भन्दै , ‘यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रूपमा उभ्याउँदै...
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध : राष्ट्रपति पौडेल
बुधबार, जेठ २१, २०८२
उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

-1750260196.jpg)