नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, पुस १७, २०८१
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र भारतका निम्ति नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलको शुभकामना: तमु ल्होसारले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास
सोमबार, पुस १५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको...
साताको लोकप्रिय

