 
                                                            काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिकोसैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको बताएका छन् ।
बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
उनले भने, ‘२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन् । २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको थियो । यो मुलुकमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोडिएको मात्र होइन देश प्रसारण माध्यमको युगमा प्रवेशको स्थानविन्दु पनि थियो । खासमा २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो भन्ने म ठान्दछु।’
साथै उनले साढे सात दशकदेखि अनवरत रुपमा कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा आफूलाई खुसी लागेको समेत बताए ।
उनले भने, ‘मुलुकै प्रमुख आमसञ्चारमा रुपमा साढे सात दशकदेखि अनवरत सत्य, तथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा मलाई अत्यन्त खूसी लागेको छ ।’


 
                                                -1761113265.jpg) 
                                                 
                                                ![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)