Harsamaya
राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु 
 राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं -  राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् ।

उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’

उनले आन्दोलनकारी नागरिकहरूका माग सम्बोधनका लागि छिटो समाधान निकाल्ने प्रतिबद्धता जनाउँदै शान्ति र स्थिरता कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । यसअघि राष्ट्रपति पौडेल सार्वजनिक गर्न माग गर्दै युवाहरुले सामाजिक संजालमा अभियान चलाएका थिए । 

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।

आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुनर संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update