राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा
                            
                            
                                                        
                                                     
                                                            ललितपुर - राष्ट्रपति पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहण गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाकालागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित् कृष्ण मन्दिर पुगेका थिए । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ ।
राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।
किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।
 
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:२२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)