-1755184096.jpg) 
                                                                        काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जर्मनी, फिनल्याण्ड, बुर्किनाफासो र कम्बोडियाका लागि नियुक्त राजदूतहरूले प्रमाणपत्र पेस गरेका हुन् ।
जर्मनीका लागि आवासीय राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका लागि आवासीय राजदूत पेट्री जुहानी पूहक्क, बुर्किना फासोका लागि गैरआवासीय राजदूत डेसिरे बोनिफास सोम र कम्बोडियाका लागि गैरआवासीय राजदूत राथ म्यानीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई राजधानीस्थित होटेल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।


![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    