राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।
उनले पत्रमा जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छ ।
राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १७:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                -1761113265.jpg) 
                                                 
                                                ![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)