टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता
सोमबार, असार २३, २०८२
स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्। मृतकमा ४० वयस्क र २८ बालबालिका छन्। मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ।
इरानका तीन आणविक साइटमा अमेरिकाद्वारा आक्रमण
आइतबार, असार ८, २०८२
ह्वाइट हाउसले ट्रम्पले शनिवार राति १० बजे (अमेरिकी समय) राष्ट्रलाई सम्बोधन गर्ने जानकारी टेलिभिजन नेटवर्कहरूलाई दिएको छ । यो हमला इजरायलले विगत एक सातादेखि इरानको हवाई रक्षा प्रणाली, आक्रामक मिसाइल क्षमता र परमाणु संवर्द्धन सुविधाहरूलाई नष्ट गर्ने क्रममा गरेको हमलापछि भएको हो ।
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले गर्यो स्वीकार
बिहीबार, जेठ ८, २०८२
यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ । यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित
शनिबार, जेठ ३, २०८२
धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जति सक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
सोमबार, वैशाख २९, २०८२
खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।
अमेरिका र चीनबिच व्यापार सम्झौता
सोमबार, वैशाख २९, २०८२
विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबिच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन् ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका छन्...
विदेशी चलचित्रलाई एक सय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध
बिहीबार, वैशाख २५, २०८२
ट्रम्पले आइतबार विदेशमा निर्मित चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेपछि हलिउड र विश्वव्यापी मनोरञ्जन उद्योगमा स्तब्धता छाएको हो ।
युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत
शुक्रबार, वैशाख १९, २०८२
युक्रेन ग्रेफाइट, लिथियम र टाइटेनियम जस्ता महत्वपूर्ण स्रोतहरूमा धनी छ। यी सबै विद्युतीय सवारी साधन, एयरोस्पेस उद्योग र उच्च प्रविधि आपूर्ति श्रृंखलाका लागि महत्त्वपूर्ण मानिन्छन् । बढ्दो यस्ता घटनाक्रमले ट्रम्प प्रशासन युक्रेनमा शान्ति स्थापनामा इच्छुक देखिएको छैन ।
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे
सोमबार, वैशाख ८, २०८२
यी तथ्यांकहरूमा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत क्यानडाका आगन्तुकहरू समावेश छैनन्।
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो
आइतबार, वैशाख ७, २०८२
बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो। यहाँ कुनै हतियार र सेना छैनन्। यो एक नागरिक बन्दरगाह हो,’बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने।
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन
आइतबार, वैशाख ७, २०८२
५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० विरोध, १ नामक आन्दोलनकारीहरूले सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५०औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले प्रदर्शन गरिएको थियो।
दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने
शनिबार, चैत ३०, २०८१
ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागू भएको छ। उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने बताएकी छन्।
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित)
बिहीबार, चैत २१, २०८१
ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशतको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सुची यस्तो छ ।
साताको लोकप्रिय

