Harsamaya
अमेरिकाले रद्द गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ ।

अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लंघन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ । 

अमेरिकामा रद्द भएका ६ हजार भिसामध्ये झण्डै दुई तिहाइ अर्थात ४ हजार भिसाधारी अपराधमा संलग्न थिए । जसमा कुटपिट, चोरी र मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता अपराध गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयले केही घटना भने आतंकवादसँग पनि जोडिएको पुष्टि गरेको छ । २०२३/२४ मा अमेरिकी कलेजहरूमा ११ लाख भन्दा बढी विदेशी विद्यार्थीहरू पढिरहेका थिए।

केही व्यक्तिले शैक्षिक भिसाको दुरुपयोग गरेकोमा सरकार चिन्तित छ । यस कारणले भिसा नियमहरूको छानबिनलाई थप कडा बनाइँदैछ।

आतंकवादसँग सम्बन्धित मुद्दाका कारण अमेरिकाले २०० देखि ३०० विद्यार्थीको भिसा रद्द गरेको छ । आतंकवाद र सुरक्षासँग सम्बन्धित आप्रवासन र राष्ट्रियता ऐनको धारा अन्तर्गत यी भिसाहरू रद्द गरिएको हो। यी मुद्दाहरूको विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

अधिकारीहरू भन्छन् यी घटनाहरूले अमेरिकी कानुनको उल्लंघन मात्र नभई कलेज क्याम्पस र आम जनताको सुरक्षामा पनि खतरा खडा गरेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update