Harsamaya
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले ग‍र्यो स्वीकार
 कतारले अमेरिकालाई  उपहारस्वरूप दिएको  बोइङ ७४७ विमान ।

काठमाडौं - अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।

यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ । यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update