ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा
बिहीबार, चैत १४, २०८१
मेलोनीले रूस विरुद्ध कडा कदम चाल्छिन् भने लेगा पार्टीले समर्थन फिर्ता लिनसक्छ, जसले सरकारलाई अल्पमतमा ल्याउने छ।
के अमेरिकाले भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई लगाउला प्रतिबन्ध ?
बिहीबार, चैत १४, २०८१
आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ कि चीनसँग व्यवहार गर्न अमेरिकाले भारतसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गरेको छ। जसका कारण भारतमा मानवअधिकारका मुद्दाहरूलाई बेवास्ता गरिएको छ ।
एक हजार बढीले दिए अमेरिकाको नागरिकता लिन निवेदन
बुधबार, चैत १३, २०८१
यो योजना अन्तर्गत ५० लाख डलर अर्थात ६८ करोड ६३ लाखमा नेपाली रूपैयाँमा ‘गोल्ड कार्ड’ खरिद गर्नेहरूले अमेरिकामा स्थायी बसोबास र वैकल्पिक नागरिकता पाउने छन्।
कमला ह्यारिसको ‘सुरक्षा क्लियरेन्स’ खारेज
आइतबार, चैत १०, २०८१
ट्रम्पले आफ्नो नयाँ घोषणामा यसको पुष्टि गरेका छन्। उनले बाइडेन परिवारका ‘अन्य सदस्य’ को सुरक्षा क्लियरेन्स खारेज गरिरहेको बताए । ट्रम्पले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘म विश्वस्त छु कि देशको सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा यस्ता व्यक्तिको पहुँच राष्ट्रिय हितमा छैन।’
पाँच लाख ३२ हजार आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने ट्रम्पको घोषणा
शनिबार, चैत ९, २०८१
आगामी वर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर २०२२ मा सुरु गरेको एक योजनाअन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकहरूलाई प्रभावित गर्नेछ।
युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
सोमबार, चैत ४, २०८१
त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुँदैन भन्ने बारेमा शंका व्यक्त गरेका छन् ।
अमेरिकामा आँधीका कारण २७ जनाको मृत्यु
आइतबार, चैत ३, २०८१
प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा ६ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ ।
ट्रम्प प्रशासन निशानामा ४३ देश, ११ देशलाई पूर्ण प्रतिबन्ध
शनिबार, चैत २, २०८१
११ देशका नागरिकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान, भूटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन माथि अमेरिकाले प्रतिबन्धले लगाएको नयूयफर्क टाइम्सले जनाएको छ ।
अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव, राजदूत रसूल निष्कासित
शनिबार, चैत २, २०८१
अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो । फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए । यसै कारणले गर्दा, ट्रम्पले दक्षिण अफ्रिकाको एउटा कानुनलाई उद्धृत गरे, जसमा उनले भनेका थिए, गोरा किसानहरूको जग्गा 'जफत' गर्न सकिन्छ ।
८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै अमेरिका
सोमबार, फागुन २६, २०८१
रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिए ।
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली
बुधबार, फागुन २१, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।
पाँच सय होइन , अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
आइतबार, फागुन ११, २०८१
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर सहायता प्रदान गरेको भनेर भ्रम फैलाएको गुनासो गरेका छन् ।
बालेन शाहले गरे अमेरिकाको कडा टिप्पणी
शुक्रबार, फागुन ९, २०८१
नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराइदिएको भन्दै बालेनले अमेरिकन नागरिकलाई अल्छी भनेका छन् । त्यसैले उनीहरूको देश बनाउन अरू देशको जनशक्ति आवश्यक रहेको बालेनले टिप्पणी गरेका छन् ।
साताको लोकप्रिय

