Harsamaya
अमेरिका र चीनबिच व्यापार सम्झौता

काठमाडाैं - विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबिच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन् ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका छन् ।’ यस सम्झौतापछि अमेरिकी अधिकारीहरूले महत्त्वपूर्ण उपलब्ध हासिल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए। ‘यसले हामीबिच त्यति ठुलो मतभेद थिएन जति ठुलो सोच थियो भन्ने देखाउँछ,’ उनले भनेका छन् ।

बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरूबिच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ ।

हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए । जेमिसनले चीनसँग भएको यो सम्झौताले व्यापार घाटा समाधानतर्फ अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update