Harsamaya
अमेरिकी कर नीतिका कारण नयाँ तरंग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ ।

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरूले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।

अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ । 

उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको सुनाइन् ।

युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्ने, अमेरिकामाथि दबाब बढाउने छ । त्यस्तै देशमा रोजगारीको सुरक्षा र सिर्जना गर्ने कुरा उल्लेख गरिएको छ ।

ट्रम्पले बिहीबार ३५ प्रतिशतको भन्सार शुल्कको घोषणा गरेका थिए । त्यस्तै युरोपेली संघ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर मेक्सिकनहरूले पनि अमेरिकाले घोषणा गरेको करको आलोचना गर्दै त्यसलाई गलत र निष्फल हुने प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले गत हप्ता क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत अन्य व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै २० प्रतिशतदेखि ५० प्रतिशतसम्मको ट्यारिफ दरहरू घोषणा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update