अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

एजेन्सी - अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।
बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९:३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताएका छन् । उनका अनुसार शंकास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो ।
साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताएका छन् ।
यस अघि सामाजिक सञ्जालमा साउथपोर्ट अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन र अनुसन्धान भइरहेको समयमा घरमै बस्न आग्रह गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय