कटुवा पेस्तोलसहित सिराहाबाट तीन जना पक्राउ
बुधबार, साउन २१, २०८२
नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थानसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ
बुधबार, साउन २१, २०८२
सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।
सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
बुधबार, साउन २१, २०८२
सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने मिना पक्राउ
मंगलबार, साउन २०, २०८२
मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
घरमा लुटपाट गरी कन्तलालको गोली हानी हत्या गर्ने नौ जना पक्राउ
मंगलबार, साउन २०, २०८२
सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी
मंगलबार, साउन २०, २०८२
हाल पक्राउ परेकाहरूलाई अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने, अन्य सम्भावित संलग्नहरूको खोजी जारी रहेको प्रहरीको भनाइ रहेको छ ।
कटुवा पेस्तोलसहित वीरगंजबाट एक जना पक्राउ
सोमबार, साउन १९, २०८२
प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेका ६ जना पक्राउ
सोमबार, साउन १९, २०८२
भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न सुसान्त दाहाल पक्राउ
सोमबार, साउन १९, २०८२
उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
जरायोको सिङसहित दुई जना पक्राउ
सोमबार, साउन १९, २०८२
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् ।
प्रेम सम्बन्धमा पारी प्रेमिकालाई भारतमा बेच्न लगेका हिरा माझी पक्राउ
सोमबार, साउन १९, २०८२
उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ४७० किलो गाँजासहित ट्रक चालक मान बहादुर पक्राउ
सोमबार, साउन १९, २०८२
रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दाका फरार प्रतिवादी रामचन्द्र पौडेल पक्राउ
आइतबार, साउन १८, २०८२
जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साताको लोकप्रिय

