भक्तपुर - जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई हाल चाँगुनारायण नगरपालिका–८ शंकर भट्टामा काम गर्दै आएका २२ वर्षीय सुमन कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले कार्कीको कोठाबाट १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसमेत फेला परेको जनकारी दिँदै कार्कीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताए ।
त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए ।

