Harsamaya
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्तालाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौं कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालर्यका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । उनका अनुसार निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको छ ।

यसै गरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागु औषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उनले बताए ।प्रवक्ता बुढाथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । 

नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ । गोप्य सूचनाका आधारमा प्रहरी तथा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता बुढथापाले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update