विष्णुकुमार खड्का उपरथीमा बढुवा
काठमाडौं - नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथी पदमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
खड्का हालसम्म नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत छन्। बढुवासँगै अब उनको जिम्मेवारीमा समेत फेरबदल हुने तयारी भएको सेनाका स्रोतले जनाएका छन्।
रक्षा मन्त्रालयका अनुसार बढुवा सिफारिस सेनाको बढुवा सिफारिस समितिले गरेको थियो, जसलाई मन्त्रिपरिषद्ले बुधवार स्वीकृति दिएको हो।
मन्त्रिपरिषद्को निर्णयको भिडियो :-
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ २०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

