Harsamaya
सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ
सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ कञ्चनपुरमा सुकुटी सेन्टर संञ्चालन गरेर बसेकी शान्ती ऐरलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले सञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित बरामद भएपछि उनलाई  पक्राउ गरिएको हो।
खैरो हेरोइनसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित दुई जना पक्राउ कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ
वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।
सामाजिक सञ्‍जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
सामाजिक सञ्‍जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको खुल्न आएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।  
जब प्रेमीसँग मिलेर गरिन् श्रीमान‍्को हत्या
जब प्रेमीसँग मिलेर गरिन् श्रीमान‍्को हत्या घटनास्थलमा भारतीय नागरिक फारुख नभए पनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान‍्को हत्या गरेको पाइएको प्रहरीले जनाएको हो।
चिनियाँ नागरिक अपहरणमा संलग्न भएको आरोपमा चार भारतीय पक्राउ
चिनियाँ नागरिक अपहरणमा संलग्न भएको आरोपमा चार भारतीय पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अमोल भन्ने अंबदास जगन्नाथ सिरसात रहेको प्रहरीले जनाएको छ ।
पर्वत कारागारमा आमासँगै बालिका थुनामा
पर्वत कारागारमा आमासँगै बालिका थुनामा एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएको आमा २७ वर्षीया रोशनीले बताइन् । रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए ।
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका-३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ
ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल)को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 
श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ
श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ श्रीमतीको हत्या आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। 
Weather Update