Harsamaya
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

ललितपुर - ललितपुरमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-४नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दु समेत १० जनालाई प्रहरीले बुधबार दिउँसो  पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update