वन क्षेत्रमा बेवारिसे अवस्थामा ११ थान भरुवा बन्दुक बरामद
दाङ - दाङका विभिन्न स्थानमा विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्दा उक्त बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका–७ स्थित नवशान्ती सामुदायिक वनबाट ३ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको हो।
बरामद भएका सबै बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

