सिन्धुपाल्चोक प्रहरीले फेला पार्यो हराएका ९ मोबाइल, सम्बन्धित धनीलाई बुझायो
सिन्धुपाल्चोक - जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विभिन्न मिति र समयमा हराएका ९ थान मोबाइल फोन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
प्रहरीले विभिन्न स्थानबाट हराएका मोबाइल फोनको खोजतलास गरी फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरेर बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो।
प्रहरीको सक्रियताबाट हराएका मोबाइल फेला परेपछि धनीहरूले आफ्नो सामान फिर्ता पाएका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ १८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

