Harsamaya
 ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

भक्तपुर - भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाहलाई बिहीबार साँझ पक्राउ गरिएको हो। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल सोही स्थानमा बस्दै आएका शाहले सञ्चालन गरेको किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचना प्रहरीले प्राप्त गरेको थियो।

सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसपछि पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिइएको हो।

यसैगरी, बिहीबार साँझ ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट ४१ वर्षीय राजेश कर्मचार्य पनि पक्राउ परेका छन्। उनको साथबाट १४ वटा सगर ग्यासका सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update