रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते
बिहीबार, भदौ २६, २०८२
रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने
बिहीबार, भदौ २६, २०८२
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ ।
सुरक्षा सतर्कता बढ्दै, कारागारबाट भागेका ४ कैदी बागलुङमा समातिए
बिहीबार, भदौ २६, २०८२
पछिल्ला दिनमा कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न उठिरहेका बेला कास्की र म्याग्दीका चार कैदीलाई बागलुङ प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार पनि कर्फ्यू र निषेधाज्ञा जारी
बुधबार, भदौ २५, २०८२
नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ।
लुटिएका थप हतियार बरामद
बुधबार, भदौ २५, २०८२
यसैगरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ ।
लहानमा रहेको खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट
बुधबार, भदौ २५, २०८२
कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, ‘गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।’
जेनजीले निर्घात कुटेका तीन प्रहरीको मृत्यु
बुधबार, भदौ २५, २०८२
यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए ।
जुम्लामा कर्फ्यू आदेश जारी
बुधबार, भदौ २५, २०८२
जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा
बुधबार, भदौ २५, २०८२
देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन
बुधबार, भदौ २५, २०८२
कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।
डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो
बुधबार, भदौ २५, २०८२
कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।
सेनाले भन्यो -सुरक्षाकर्मीहरुबाट लुटिएका हातहतियार, गोलीगट्ठा सेनालाई बुझाउनू
बुधबार, भदौ २५, २०८२
बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो ।
दुई जना प्रहरीको मृत्यु भएको पुष्टि
बुधबार, भदौ २५, २०८२
बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ ।
साताको लोकप्रिय

