पर्सा - पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।
पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन् ।
पाठकका अनुसार साह मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट रु.१००० दरका ७०० थान र रु.५०० दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको पाइएपछि यस विषयमा अनुसन्धान चलाइएको हो । हुण्डी कारोबार गैरकानुनी भएकाले यसले राष्ट्र बैंकको नियमनअन्तर्गत कानुनी कारबाहीको दायरामा पर्छ ।

