Harsamaya
चार किलो लागू औषध गाँजा सहित तामाङ पक्राउ
तस्वीरः हर समय/harsamaya

रौतहट- रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाँजा बरामद गरेको हो ।

चन्द्रपुर न.पा. ४ सुन्दर बस्ती टोलका ३३ वर्षीय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागू औषध गाँजा लुकाई छिपाई राखी बिक्री वितरण गर्छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली सुन्दर बस्ती पुगेको थियो ।

आफू सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लास्टिकमा र बेच्नलाई राखेको कालो प्लास्टिकको झोलामा राखेको गरी जम्मा चार किलो सात सय पचास ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनले झोलामा राखेको नगद आठ हजार एक सय असी पनि बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान कार्य भई रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update