Harsamaya
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

मोरङ - विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५ सय रुपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ३९ वर्षीय रवि प्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको  मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update